खाेज्नुहाेस

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्दसहित ८ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

attariya hospital

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रुपैयाँ र ४ गड्डी ताससहित पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।