खाेज्नुहाेस

गोदावरीबाट खैरो हिरोइन सहित दाजुभाइ पक्राउ 

Image
अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित एक घरका दाजुभाइ पक्राउ परेका छन् ।
attariya hospital
शनिवार गोदावरी नगरपालिका – ९ सेहरीबाट लागू औषध खैरो हिरोइन सहित गोदावरी नगरपालिका – ८ का दाइ ३० वर्षीय अशोक चौधरी र भाइ २४ वर्षीय दीपक चौधरी पक्राउ परेका हुन ।
navjiwan hospital
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराका अनुसार अशोक चौधरीको साथबाट १ ग्राम ७४० मिलिग्राम र दीपक चौधरीको साथबाट ८२० मिलिग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने बस्तु बरामद गरिएको छ । उनले दीपकको साथबाट नगद ३५ हजार ३ सय पनि बरामद गरिएको बताए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।