अत्तरिया – कञ्चनपुरमा प्रहरीले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–४ मालुमेला मछेली खोलाबाट अवैध रूपमा उत्खनन गरेर बालुवा लोड गरी ल्याउँदै गरेको सु.प.प्र.०१–००२ त ६४८६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उक्त ट्याक्टर सहित कृष्णपुर नगरपालिका–४ किचाईका ४० वर्षीय प्रकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । ट्याक्टर आवश्यक कारबाहीका लागि कृष्णपुर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

















