धनगढी – नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन् । धनगढीमा निवर्तमान अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको एनवाइइएफको नवौं वार्षिक साधारण सभाबाट हमालको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्षमा आशिष शाह, उपाध्यक्षमा भरत श्रेष्ठ, सदस्यमा आयुष मोहपाल, प्रितम करिया, श्रवण शाह, गोविन्द बोहरा, विरेन्द्र भट्ट, सौरभ भट्टराई, राजनकुमार राना, अमृत जैशी, रुजुल भट्ट चयन भएका छन् । सुशील पन्त सल्लाहकारमा नियुक्त भएका छन ।

हमालको नेतृत्वमा मञ्चले अझ सशक्त, सक्रिय र प्रभावकारी बन्दै कैलालीका युवा उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवद्र्धन तथा आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नयाँ नेतृत्व चयन कार्यक्रमका प्रमुख अतिथिमा एनवाइइएफको नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष सुदिप घिमिरे रहेका थिए । यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका सुप अध्यक्ष पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, नेशनल गभर्निङ काउन्सिलका दयद्धय विलासा श्रेष्ठ तथा पवित्र गौतमको उपस्थिति रहेका थियो ।















