
कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले २० वर्ष ६ महिना कैद सजाय तोकिएका एक युवकलाई पक्राउ गरेको छ । शुक्रवार कर्तब्य ज्यान मुद्दामा उक्त कैद सजाय तोकिएका लालझाडी गाउँपालिका – ४ डाँडाजादेका ३५ वर्षीय टुकु भनिने राजेश राना पक्राउ परेका हुन ।
उनलाई जिल्ला अदालत कञ्चनपुरले २०८२ मंसिर २८ गतेको फैसलाले दोषी ठहर गर्दै कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले बताए ।














