कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१ र ३ को सीमास्थित बाराकुण्डाबाट विष्णु मन्दिर जाने बाटोमा रहेको तुम्डी खोलाको पुलमुनि लुकाइछिपाइ राखिएको एक थान बेवारिसे भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा पुलमुनि लुकाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद गरिएको बन्दुक कसले र किन त्यहाँ लुकाएको भन्ने विषय खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।















