खाेज्नुहाेस

कैलालीमा महिलामाथि जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

Image
navjiwan hospital

धनगढी– कैलालीका महिला माथी जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलालीको भजनी नगरपालिका–५ बस्ने ५२ वर्षिय सीताराम चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सीतारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

attariya hospital