धनगढी – डा. गोविन्द केसी सेती प्रदेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट सार्बजनिक अटोमा चढेर फेरी धर्मशालामा गएका छन् । डा. केसी आझै केही दिन धनगढी १ कृष्ण मन्दिरको धर्मशालाको २११ नम्बर कोठामा बस्ने छन् । विभिन्न माग राख्दै साउन ७ गतेदेखि धनगढीमा २४औँ सत्याग्रह (अनशन) सुरु गरेका केसीले सरकारसँग सहमति भएपछि साउन १२ गते जुस पिएर अनशन तोडेका थिए ।

अनशनका क्रममा स्वास्थ्य अबस्था कमजोर भएपछि डा. केसीलाई ९ गते सेती प्रदेशकि अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले बिहिबार डिस्चार्ज गरेको हो ।

स्वास्थ्य क्षेत्र सुधार तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै धनगढीमा अनशनमा बसेका थिए । अहिले डा. केसीको अबस्था सामन्य रहेको छ डा. केसीका सहयोगि अमृत जैसीले भने केही दिन धनगढीमै आराम गर्नेछन् ।


















