धनगढी – डाेटीमा मदिरा सेवन गरि एक शिक्षकले श्रीमतीको हत्या गरेका छन्। जोरायल गाउँपालिका- ४ देउथलीका ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीकाे हत्या गरेकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बुधबार दिउँसो ओलीले श्रीमतीमाथि कुटपिट गरेर गम्भीर घाईते बनाएका थिए। चन्दका अनुसार कुटपिटबाट घाइते भएकि उनलाई उपचारका लागी स्वास्थ्य चौकी चन्कट्टे पठाएकाे थियाे तर अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियोे।

उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुगाइएकाेमा चिकित्सकले चेकजाँच गर्दा मृत घाेषणा गरेका थिए । श्रीमतीको हत्या गरेकाे आराेपमा चन्द्र बहादुर ओलीलाई प्रहरीले पक्राउ गरेकाे छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक हुन्।

















