कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार भीमदत्त नगरपालिका – ७ वैद्यनाथ उदय टोलबाट हल्दुखालका २२ वर्षीय निशान चन्द पक्राउ परेका छन् ।

शङ्कास्पद अवस्थामा फेला परेका उनीमाथि चेकजाँच गर्दा २ ग्राम ३ सय मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।

यस्तै मंगलबार नै भीमदत्त नगरपालिका – ११ होल्डिङ्ग सेन्टर स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको म २ प ४२६७ नम्बरको मोटरसाइकलमा सवार प्रदीप नाथ लागू औषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका १८ कटानका नाथको साथबाट बुप्रेनोर्फिन हाइड्रोक्लोराइड ३८ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ३४ एम्पुल गरी ७२ एम्पुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक रावतले बताए । उनले पक्राउ परेका दुवै जना माथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।

















