खाेज्नुहाेस

डा. केसीका मागबारे संवादका माध्यमबाट सहमतिमा पुग्ने शिक्षामन्त्रीको प्रतिबद्धता

Image

अत्तरिया – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीका माग संवादका माध्यमबाट सहमतिमा पुग्ने बताएका छन् ।

navjiwan hospital

उनले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै संवादका लागि आज शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेको बताए ।

attariya hospital

उनले आफूले हिजो बेलुकै डा. गोविन्द केसी सँग टेलिफोनमार्फत संवाद गरेको बताउँदै सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव धनगढी पुगेको बताए ।

उनले यस क्रममा, भोलि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवालज्यू तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवज्यू पनि धनगढी पुगेर संवादमा सहभागी हुनुहुने कार्यक्रम रहेको बताएका छन् ।