खाेज्नुहाेस

बेलौरीको सिद्धकेदारनाथ आविका अभिभावकद्वारा आन्दोलनको घोषणा

Image

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले ‘विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०८३’ पेलेरै कार्यान्वयनमा लग्न थालेपछि बेलौरीको एक सामुदायिक विद्यालयका अभिभावकहरूले आन्दोलनको घोषणा गरेका छन् ।

बेलौरी नगरपालिका ९ सित्तडीफाटामा रहेको सिद्धकेदार नाथ आधारभूत विद्यालयका १ सय बढी अभिभावकहरूले आन्दोलनको घोषणा गरेका हुन ।

attariya hospital

शनिबार सबेको अभिभावकहरूको भेलाबाट नगरपालिकामा शान्ति पूर्ण रूपमा आन्दोलन गर्ने निर्णय गरिएको छ । आन्दोलन कहिले गर्ने भन्ने समय मिति भने खुलाइएको छैन । शान्तिपूर्ण आन्दोलनका लागि धर्म सिंह ऐरीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
विद्यालयका शिक्षक–अभिभावकहरूको भेलाबाट साउन ४ मा कार्यविधि न्याय संगत रूपमा पूर्ण कार्यान्वयन, दरबन्दी प्राप्तिको सुनिश्चितता सम्बन्धमा नगरपालिकालाई ध्यानाकर्षण गराइएको थियो । तर पलिकाले माग सुनुवाइको सट्टा बल चिच्याइ गरी कार्यविधि कार्यान्वयन गर्न खोजेपछि अभिभावकहरू आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक धर्म सिंह ऐरीले बताए ।

navjiwan hospital

नगरपालिकाले कार्यान्वयन गर्न लागिएको कार्यविधिका केही प्रावधानहरूको विभेदकारी व्याख्या एवम् कार्यान्वयनले बन्दै गरेको विद्यालय पुनःधारासायी हुने अभिभावकहरूले आशङ्का गरेका छन् ।

अहिले विद्यालयमा १ सय ९९ विद्यार्थी अध्ययन गरिरहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेका बेला यस विद्यालयको शिक्षा गुणस्तरीय भएका कारण विद्यार्थी सङ्ख्या बढिरहेको अभिभावकको भनाइ छ । विद्यार्थी अध्यापन गराउन विद्यालयमा १ स्थायी, ३ राहत, २ शिक्षण अनुदान, ४ निजी स्रोत १ अस्थायी र १ करार गरी १२ शिक्षक रहेका छन् ।

अभिभावकहरूले कार्य विधिमा भएको व्यवस्था बमोजिम हुन आउने बाल विकासका ४, प्रा वि (१–५) मा १ र नि मा वि (६–८) मा २ गरी ७ जना दरबन्दी विद्यालयले पाउनु पर्ने माग अघि सारेका छन् । विद्यालयले ७ जना दरबन्दी पाए पालिकाबाट पठाइएका शिक्षक मध्ये वरिष्ठ शिक्षकलाई यथाशीघ्र निमित्त प्रअ बनाइ पालिकाको निर्णय कार्यान्वयन गर्ने अभिभावकको भनाइ छ ।

त्यस्तै एक जना प्रअ को मात्र दरबन्दी पठाउने हो भने निजी शिक्षकको टिममा असर नपर्ने गरी निजी स्रोतका शिक्षकको तलबको ग्यारेन्टी गरिए कार्यविधि कार्यान्वयन गर्ने तर एउटा प्रअ मात्र पठाएर अरू केही नगर्ने भए हाम्रो विद्यालयलाई नचलाउन अभिभावकहरूले पालिकालाई चेतावनी दिएका छन् ।