अत्तरिया – कैलालीको अत्तरियामा लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शनिवार इलाका प्रहरी कार्यालय मालाखेतीले लागू औषध सहित गोदावरी नगरपालिका – १ का २९ वर्षीय सबिन रावललाई पक्राउ गरेको हो ।

उनलाई अत्तरियाको महेन्द्रनगर रोडमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताए ।

उनका अनुसार रावलले लगाएको सेतो कलरको हाप पाइन्टको दायाँ खल्ती भित्र लुकाइ–राखेको पलाष्टिक सहित ३ पोकामा २९० मिलिग्राम लागू औषध खैरो हिरोइन फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















