कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्लाको लालझाडी गाउँपालिका–२ कसुवास्थित टेन्ट हाउसका सामान राखिएको गोदाममा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३२ वर्षीय दानसिंह रानासहित ६ जनालाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय शंकरपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद १५ हजार ९१५ रुपैयाँ र ३ गड्डी तास बरामद गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















