खाेज्नुहाेस

कैलालीमा एकैदिन लागूऔषध सहित १५ जना पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया  – कैलालीका विभिन्न स्थानबाट शुक्रबार प्रहरीले अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये खैरो हेरोइन र गाँजासहितका व्यक्तिहरू विभिन्न स्थानबाट नियन्त्रणमा परेका हुन्।

इलाका प्रहरी कार्यालय हसुलियाले कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइन र ११ हजार ५ सय रुपैयाँ नगदसहित अमन चौधरी र निराजन चौधरीलाई पक्राउ गरेको छ।

attariya hospital

यस्तै, मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित विनोद बिष्ट र गोविन्द्र शाही पक्राउ परेका छन्।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा श्रीमल चौधरीको कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइन बरामद भएपछि आयुष सिंह, जयबहादुर भण्डारी, टेकेन्द्र बस्नेत र श्रीमल चौधरी पक्राउ परेका छन्।

टिकापुर नगरपालिका–१ समितिपुरबाट ४०० मिलिग्राम खैरो हेरोइनसहित सागर खत्री र एक १८ वर्षीय किशोर पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ गेटा सुकुम्बासी टोलबाट ३७० ग्राम गाँजाजस्तो पदार्थसहित ४५ वर्षीय खडक डंगौरा पक्राउ परेका छन्।

धनगढी–१७ पथरी पुलबाट ३३५ मिलिग्राम खैरो हेरोइनसहित राजेश राना र किरण राना तथा धनगढी–७ जीपी चोकबाट २३८ मिलिग्राम खैरो हेरोइनसहित विकास जेठारा र विवेकराज उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।