खाेज्नुहाेस

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चार मन्त्रीको निर्देशन

Image

धनगढी– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पु-याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले गम्भीर चाँसो देखाउदै तत्काल सेवा पु-याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।

navjiwan hospital

मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाई थियो ।

attariya hospital

देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको बर्ताइएको छ । बडीमालिका लगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दै चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाले शुक्रबार प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका थिए ।

साथै सञ्चारमन्त्री डा. तिमिल्सिनाले शुक्रबार नै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्कासँग कुन–कुन ठाउँमा भएका पूर्वाधारबारे पनि छलफल गरेका छन् । नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा ४जी सेवा तत्काल गर्ने लक्ष्य राखेको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ ।