खाेज्नुहाेस

डा. केसीको अनशन रोक्न संघर्ष समितिको माग

Image

अत्तरिया – शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेको नेतृत्वमा गएको टोलीले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीलाई भेटेर डा. केसीको अनशनका कारण विश्वविद्यालय सञ्चालन तथा विकास प्रक्रियामा असर पर्न सक्ने भन्दै अनशन रोक्न आग्रह गरेको हो।

attariya hospital
navjiwan hospital

संघर्ष समितिले अनशन नरोक्ने भए डा. केसीले उठाएका मागमध्ये शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित विषय हटाएर मात्रै अनशनमा बस्न आग्रह गरेको छ। विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढिरहेका बेला त्यसलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न समितिले आग्रह गरेको हो।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेले विश्वविद्यालय सञ्चालनका लागि लामो समयदेखि सुदूरपश्चिमवासीले संघर्ष गर्दै आएको भन्दै अहिले विश्वविद्यालयलाई गति दिने समयमा विवाद सिर्जना हुने गतिविधि नगर्न आग्रह गरिएको बताए। उनले डा. केसीले उठाएका अन्य मागका विषयमा आफूहरूको असहमति नरहे पनि गेटा विश्वविद्यालयसँग सम्बन्धित विषयमा भने पुनर्विचार गर्नुपर्ने बताए ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका छन्। उनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति बदर गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।