बेलौरी– बेलौरीमा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्दार गरि कैलालीको धनगढी स्थित दृष्टि फाउन्डेसन नेपाल लगिएको छ । शुक्रवार नेपाली काङ्ग्रेस कञ्चनपुर– १ का सभापति गोपी प्रसाद उपाध्यायको सहयोगमा बेलौरी नगरपालिका– ८ कलकत्ता कि ३२ वर्षीया बसन्ती रानालाई दृष्टि फाउन्डेसनमा लगिएको हो ।
राना विगत ५÷६ वर्षदेखी मानसीक बिरामी थिइन । उनी बोल्न पनि सक्दिनन् । मानसिक सन्तुलन ठिक नभएकी उनी त्यत्तिकै कलकत्ता बजार र आसपासका गाउँमा डुलिरहन्थिन । शुक्रवार पनि सडकमा डुलिरहेकै अवस्थामा उपाध्याय सहित छरछिमकीहरुले रानालाई एम्बुलेन्समा राखी धनगढी लगेका थिए । रानाको संरक्षण गर्नलाई घरमा बुबा बाहेक कोहि नभएको गोपी प्रसाद उपाध्यायले बताए ।



उनका अनुसार रानाको आमा र दुई दाजुको मृत्यु भइसकेको छ । घरमा बिरामी बुबा इन्द्र रानाले छोरीको स्यारसुसार गर्न नसक्ने भएकोले दृष्टि फाउन्डेसनमा लग्न सहयोग गरिएको उपाध्यायले बताए । रानालाई लग्न कृष्णपुर नगरपालिकाले एम्बुलेन्स सहयोग गरेकोमा उनले नगरप्रमुख हेमराज ओझालाई धन्यवाद समेत दिएका छन् । उनका अनुसार अब फाउन्डेसनमा रानाको निशुल्क स्यारसुहार हुने छ ।
उपाध्यायले यसअघि बेलौरी नगरपालिका– १० शिवनगरका एक पुरुषको समेत उद्दार गरि फाउन्डेसन पु-याएका थिए । उनको यस कामलाई स्थानीयहरुले प्रशंसा गरिरहेका छन् । उनी फागुनमा भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका थिए ।
















