खाेज्नुहाेस

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसर सरसफाई अभियानमा गोदावरी नगरपालिका पनि सहभागी

Image

अत्तरिया– कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसर सरसफाईमा गोदावरी नगरपालिका पनि सहभागि भएको छ । विश्वविद्यालयले थालेको सरसफाई अभियानमा नगरपालिका पनि सहभागि भएको हो ।

navjiwan hospital

विश्वविद्यालयका उपकुलपती प्रा.डा. सुनिल कुमार जोशीले सोमबार विश्वविद्यालय परिसर सरसफाईका लागि आह्वान गरेका थिए । त्यसपश्चात बुधबार विभिन्न युवाक्लब, संघसंस्था, विद्यालयहरु, संघर्ष समिति, स्थानियबासी, प्रहरी, सशस्त्र प्रहरी लगायतको समुहले विश्वविद्यालय परिसर सरसफाई गरेका थिए । विश्वविद्यालयको परिसर ठुलो भएका कारण सम्पुर्ण सरसफाई नहुन्जेलसम्मका लागि अभियानका रुपमा सरसफाई कार्यक्रमलाई विश्वविद्यालयले अघि बढाएको थियो । सोही अभियानमा बिहिबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल नेतृत्वको उपमहानगरको टोलीले सरसफाई थालेको थियो भने शुक्रबार गोदावरी नगरपालिकाले पनि सरसफाई थालेको हो । नगरका विभिन्न मेसिनहरु सहित कर्मचारी, जनप्रतिनिधी तथा नगरप्रहरीहरु सरसफाई अभियानमा सहभागी बनेका थिए ।

attariya hospital

गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले विश्वविद्यालयका उपकुलपतिले आह्वान गरेको सरसफाई अभियानमा नगरपालिकाले सहयोग गरेको बताए । उनले उपकुलपतिको आह्वान बमोजिम नगरपालिकाले आवश्यक औजार उपकरणहरुसहित विश्वविद्यालय परिसर सरसफाई गरेको बताए । प्रवत्ता भट्टले सरसफाईका लागि मात्रै नभई विश्वविद्यालयलाई आवश्यक पर्ने अन्य विभिन्न विषयवस्तुहरुमा पनि समन्वय, सहकार्य र सहयोग गर्न तत्पर रहेको बताए ।