खाेज्नुहाेस

वर्षाका कारण खसेको पहिरोले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध

Image

बाजुरा– बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण पहिरो खस्दा सो सडक अवरुद्ध बनेको हो ।

navjiwan hospital

साँफे–मार्तडी सडकअन्तर्गत पर्ने सेलाघाट, राप्का, वीरे खोला र कारागारमुनिको सडक क्षेत्रमा परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । पहिरोका कारण जडाङ्गा, राप्कालगायतका केही स्थानका घरसमेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।

attariya hospital

उनका अनुसार बिहान करिब ५–६ बजेतिर परेको अविरल वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएपछि मार्तडी जाने सबै सवारीसाधन तिपाडामा रोकिएका छन् । प्रहरी पहिरो स्थलमा पुगेको र पहिलो पन्छ्याउनका लागि आवश्यक समन्वय भैरहेको बताईएको छ ।