
अत्तरिया– कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । बिहिबार ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ६७ हजार ६०० मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीमा भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी कार्यालयका अनुसार बरामद गरिएका सामानहरुमा कालो पोलिथिन, मोबाईल कभर, बिउबिजन, खेतबारीमा छर्किने औषधी र आँप, केरा लगायतका फलफुलहरु बरामद गरिएको हो ।
उक्त सामानहरु आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ ।
















