खाेज्नुहाेस

रास्वपा नेता भट्ट भन्छन् ‘डा. केसीलाई काठमाडौँ फिर्ता गरौँ प्लेन टिकट म दिन्छु’

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गोकर्ण भट्टले धनगढीमा अनसनको तयारी गरिरहेका डा. गोविन्द केसीलाई काठमाण्डौं फिर्ता पठाउन माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सुदूरपश्चिमवासीको बर्षौदेखिको सपना सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन हुंदैगर्दा भाँड्न अनसन बस्ने गोविन्द केसीलाई काठमाडौँ फिर्ता गर्न माग गरेका हुन । उनले केसीलाई फिर्ता पठाए प्लेनको टिकटको व्यवस्था आफूले गर्ने बताएका छन् ।

उनले लेखेका छन् ‘सुदूरपश्चिमवासीको बर्षौदेखिको सपना सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन हुंदैगर्दा भाँड्न अनसन बस्ने गोविन्द केसीलाई काठमाडौँ फिर्ता गरौँ प्लेनको टिकटको व्यवस्था मैले गरिदिनेछु !’

attariya hospital
navjiwan hospital

डा केसी आज दिउँसो ३ बजेदेखि धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिरको धर्मशालाको कोठा नम्बर २११ मा अनसन बस्दै छन् ।

डा केसीले अनसन बस्ने तयारी गरिरहँदा यस क्षेत्रका स्थानीयले भने अनसनले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन प्रभावित हुन भन्दै नेता भट्ट जस्तै धेरैले विरोध जनाएका छन् ।

डा. केसीले साउन ५ गतेसम्म सरकारलाई पाँच बुँदे माग पूरा गर्न समय दिएका थिए । सरकारले आफ्ना माग पुरा नगरेको भन्दै उनले अनसनमा बस्न बाध्य भएको बताएका छन् ।
डा केसीले आफ्नो मागको पहिलो बुँदामै चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका नियुक्ति स्थापित नियम र मूल्य मान्यता विपरीत भएको भन्दै बदर गर्न माग गरेका छन् ।