खाेज्नुहाेस

धनगढीमा अनशन बस्ने तयारीमा डा.गोविन्द केसी

Image
file photo

धनगढी– आज दिउँसो ३ बजेदेखि डाक्टर गोविन्द केसी धनगढीमा अनशन बस्ने तयारीमा रहेका छन् । अनशन बस्नका लागि उनी बुधबार धनगढी आइपुगेका थिए । डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीका अनुसार केसीले धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने तयारी गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर अनशन बस्नेबारे जानकारी गराइने भएको छ ।

navjiwan hospital

चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बस्दै आएका डाक्टर केसीले गर्न लागेको यो पटकको अनशनप्रति सुदूरपश्चिममा भने विरोध गर्न थालिएको छ । सरकारले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न लागेको समयमा डाक्टर केसीले अनशन बस्न लागेको र गेटामा विश्वविद्यालय सञ्चालन गर्न नहुने मनसाय राखिएको भन्दै सुदूरपश्चिममा केसीको अनशनप्रति केहीले विरोध गर्न थालेका हुन् ।

attariya hospital

डाक्टर केसीले गेटामा माफिया र तिनका मतियारहरूको स्वार्थपूर्ति गर्न हतार–हतार शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन जबरजस्ती थोपरिएको आरोप लगाएका छन् ।
उनले विश्वविद्यालय खोल्ने नै भए त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान वा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।