खाेज्नुहाेस

बेलौरीमा स्थानीय र सुरक्षा निकायको सहभागितामा जैविक तटबन्ध निर्माण

Image

बेलौरी – बेलौरीमा स्थानीय समुदाय र सुरक्षा निकायको सक्रिय सहभागितामा जैविक तटबन्ध निर्माण गरिएको छ । नदी कटानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिका ८ स्थित टिसिएन खोलामा जैविक तटबन्ध निर्माण गरिएको हो ।

navjiwan hospital

निर्माण कार्यमा बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको संयुक्त श्रमदान र सहकार्य रहेको थियो ।

attariya hospital

स्थानीय रूपमा उपलब्ध स्रोत–साधनको प्रयोग गरि वातावरणमैत्री जैविक तटबन्ध निर्माण गरिएको बेलौरी नगरपालिकाका विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिए । तटबन्ध निर्माणले ४ सय बिगाह खेती बाढी डुबानको जोखिमबाट बच्ने विश्वास गरिएको छ ।