बेलौरी – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याँउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेलडाडीका ३ महिलाको सकुशल उद्दार गरिएको छ ।
च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ चउन्नीका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट सकुशल उद्दार गरिएको हो ।


महिलाको रणसिंह दल गणका क्याप्टेन सुमन केसी नेतृत्वको सैनिक टोली, नेपाल प्रहरी र स्थानियहरुले उद्दार गरि परिवारलाइ बुझाइएको प्रहले जनाएको छ ।
उनिहरु आइतबार च्याउ खोज्न भन्दै निकुञ्ज छिरेका थिए । त्यस्तै बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका १४ जना महिला अझै सम्र्पक बिहीन छन् । उहाँहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् ।


















