खाेज्नुहाेस

कैलाली–कञ्चनपुरमा २ लाख ५८ हजार बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया  – कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख ५८ हजार २३० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार जोशीपुर गाउँपालिका–४ खर्चवा स्थित हसनापुर र कैलारी गाउँपालिका–५ गोबरेला घाट क्षेत्रबाट १ लाख ४७ हजार ८३० रुपैयाँ बराबरका चिनी, बिडी, सुर्ती, प्लास्टिक चम्चा, सुटपिस, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ गड्डाचौकी र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर क्षेत्रबाट १ लाख १० हजार ४०० रुपैयाँ बराबरका चिनी, मिश्री, दाल, प्लास्टिक झिल्ली तथा अन्य किराना सामान बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।