खाेज्नुहाेस

हातहतियार मुद्दाका फरार दुई प्रतिवादी बैतडीबाट पक्राउ

Image

बैतडी – हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका दुई प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत बैतडीको फैसलाअनुसार २१ दिन कैद सजाय तोकिएका दशरथचन्द नगरपालिका–९ निवासी ४१ वर्षीय तारा दत्त जोशी र ४२ वर्षीय मोहनराज जोशीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूकै घरबाट पक्राउ गरेको हो।

attariya hospital

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।