खाेज्नुहाेस

धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

Image

धनगढी  – कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ शंकाका आधारमा चेकजाँच गर्ने क्रममा ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको हो।

attariya hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ निवासी २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशील घर्तीमगर रहेका छन्।

उनीहरूबाट बरामद गरिएको लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।