खाेज्नुहाेस

कैलाली कञ्चनपुरका ४ बिओपी इन्चार्ज बाहिनी तानिए

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुर र कैलालीका सशस्त्र प्रहरीका ४ जना बिओपी इन्चार्ज बाहिनी तानिएका छन् । कञ्चनपुरको ब्रमदेव, भुडा र कैलालीको फूलबारी, बांग्राकटान बिओपीका इन्चार्जलाई सोधपुछका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरिया तानिएका हुन ।

यसरी तानिनेमा कञ्चनपुरको ब्रह्मदेव बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक समीर भट्ट र बिओपी भुडाका जितबहादुर ओली, कैलालीको फूलबारी बीओपीका ज्ञानबहादुर रावत र बांग्राकटान बीओपीका अजय सुनार रहेका छन् ।

attariya hospital
navjiwan hospital

असार अन्तिममा उनलाई बाहिनीमा तानिएको थियो । सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीगविजय सुवेदीले सामान्य सोधपुछका लागी इन्चार्जहरूलाई बाहिनी बोलाइएको बताए ।

‘केही कुरा बुझ्नुपर्छ भनेर बोलाएको हो, तानिएको भन्ने होइन, बाहिनीमा आएपछि तानिएको भन्दा पनि भयो’ डिआइजी सुवेदीले भने ‘एक दुई दिन बसी गरेको कामको विवरण पेस गर्छन ,हामी हेर्छौ ।’ उनीहरूले दिएको कामको विवरण अनुसार फेरि सोही ठाउँमै जान पनि सक्ने वा चेन्ज नै हुन सक्ने उनले बताए ।

२ महिना अघि मात्रै भुडा बिओपीमा इन्चार्ज भएर आएका ओली तानिएपछि भने नयाँ इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ज्योतिष मिश्रलाई पठाइ सकिएको छ । अन्य बीओपीको हकमा भने जिम्मेवारी अहिले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) ले नै सम्हालिरहेका छन् ।