कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीबाट भारतबाट अवैध रुपमा भित्र्याइएको सामान बरामद गरिएको छ । आइतबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले टोलीले भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट अवैध सामान बरामद गरेको हो ।

जसअन्तरगत १ लाख २ हजार बराबरको चिनी, मिश्री, दाल, किराना र बिउबिजन लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।

उनले बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बताए ।

















