खाेज्नुहाेस

गौरीफन्टामा रुख ढल्दा रिक्सा चालक घाइते

Image
navjiwan hospital

धनगढी – नेपाली सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली रिक्सा चालक घाइते भएका छन । आइतबार बिहान गौरीफन्टास्थित क्यान्टेन नजिकको सुकेको सालको रुख ढल्दा बझाङको बित्थडचिर गाउँपालिका ७ का २२ वर्षीय रोशन भट्ट गम्भीर घाइते भएका हुन ।

दुधवा टाइगर रिजर्भमा पर्ने सीमानाकामा यात्रु लिन अटोरिक्सासहित पुगेका भट्ट रुख ढल्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

attariya hospital