बैतडी – सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका–६ रत्ना निवासी २१ वर्षीय दीपक धानुकलाई अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो सुर्नया गाउँपालिका–८ ढोल्यामोड बजारबाट पक्राउ गरेको हो।

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका धानुकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















