खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघमा आवद्ध ब्यवसायीहरुको नि:शुल्क दुर्घटना बिमा गरिने

Image

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ब्यवसायीहरुको दुर्घटना  बिमा गर्ने निर्णय गरेको छ । बुधबार सपथ ग्रहण पश्चात् बसेको समितिको पहिलो बैठकले संस्थामा आवद्ध ब्यवसायीहरुको नि:शुल्क रुपमा १ लाख सम्मको दुर्घटना  बिमा गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

संघका नवनिर्वाचित अध्यक्ष कमल कडायतले पहिलो बैठक बाट संस्थामा दर्ता नविकरण भएका ब्यवसायका संचालकहरुको नि:शुल्क रुपमा दुर्घटना  बिमा गर्ने निर्णय भएको बताए । उनले ब्यवसायीहरु संस्थाका पिल्लर भएकाले उनिहरुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए । उनले सो निर्णयले संस्थासँग ब्यवसायीहरुको सम्बन्ध बलियो बनाउने बिश्वास लिएको बताए । अध्यक्ष कडायतले समितिको सो निर्णय ब्यवसायीहरुप्रतिको जिम्मेवारी र प्रतिबद्धता को सुरुवातको रुपमा आफुहरुले लिएको बताए ।

attariya hospital

त्यसबाहेक नवनिर्वाचित समितिले ब्यवसायीहरुलाइ धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष कडायतले ब्यवसायीहरुले साधारण सभामा सहभागिता जनाएर, नयाँ नेतृत्वका लागि मतदान गरेर सहयोग गरेकाले धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको बताए ।

संघको यहि असार २८ गते भएको पाँचौ साधारण सभाबाट कडायतको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्वाचित भएको थियो ।