बैतडी – सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् । सोमबार साँझ सिगास गाउँपालिका–५ घर भएका २ बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका हुन ।

आमा पार्वती धामी लुगा धुन सेती नदी किनारमा गएकी र सोही बेला सँगै गएका दिलिप बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सिगास गाउँपालिका–६ माइतीघर आएकी पार्वती साँझको समयमा लुगा धुन सेती नदी किनारमा गएकी थिइन । घटनापछि स्थानीयबासी र प्रहरीको टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


















