खाेज्नुहाेस

महाकाली किनारमा देखिएका हात्ती निकुञ्ज पसे

Image

कञ्चनपुर – महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल छेउमै रहेको पोखरीमा आइतबार बिहान देखिएका तीन वटा हात्ती मध्यराति मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पसेका छन् । शनिबार राति झोलुंगे पुल भएर आएका हात्तीहरु त्यही बाटो भएर फर्किएका हुन् ।

navjiwan hospital

निकुञ्ज प्रशासन र प्रहरीले विभिन्न उपाय गर्दा पनि हात्तीलाई फर्काउन सकिएको थिएन । दिनभरि ड्रोन उडाउनेदेखि, साइरन बजाउने र फायरिंग समेत गरेको थियो । तर मध्य रातमा हात्ती आफैं आएकै बाटो फर्किएका हुन् ।

attariya hospital

बस्ती छेउमै तीन वटा जंगली हात्ती पुगेपछि स्थानीय त्रसित बनेका थिए । दिनभरि विभिन्न प्रयास गर्दा पनि निकुञ्जमा फर्काउन नसकेपछि राति बस्तीमा पस्ने जोखिम समेत थियो । यसका लागि निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले पहरा दिएका थिए ।

निकुञ्जबाट आएर हात्तीहरु बस्तीमा पसेको पहिलो पटक भने होइन । कहिले बथानमै त कहिले एक÷दुईको संख्यामा हात्तीहरु बस्तीमा पस्ने गरेका छन् । बेलाबेलामा खेतीपाती र मानवीय क्षति पनि हुने गरेको छ । निकुञ्ज आसापासका बासिन्दा वर्षेनी यस्तो समस्या भोग्दै आएका छन् ।