अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि ६ सय मतगणना सकिदा अध्यक्षका २ उम्मेदवार बिच कडा प्रतिस्पर्धा भइरहेको छ । ६ सय मत गणना हुँदा अध्यक्षका उम्मेदवार कमल कडायतले २५२मत सहित अग्रता लिएका छन भने रमेश भट्टराइले २४६ मत सहित उनलाई पछ्याइरहेका छन । अर्का अध्यक्षका उम्मेदवार नैन सिह कार्कीले भने ५८ मत पाएका छन ।

बरिष्ठ उद्योग उपाध्यक्षमा १७२ मत सहित धना देवी चोखालले अग्रता लिदा १६० मत सहित भिष्मा खड्काले उनलाई पछ्याइरहेकी छिन । लोकराज ओझाले १५३ र सुर्यकुमार गौतमले ६७ मत पाएका छन ।
बाणिज्य उपाध्यक्षमा बिरेन्द्र बहादुर विष्टले १५८ मत सहित लिड गरिरहेका छन । उनलाई पछ्याइरहेका गणेश बोगटीले १४५ मत सहित उनलाई पछ्याइरहेका छन । यस्तै लक्ष्मण बहादुर धामीले ७७ र पूर्णप्रशाद चौलागाईले ५९ मत पाएका छन ।

बस्तुगत उपाध्यक्षमा समिर गिरीले अग्रता लिएका छन । उनी १९२ मत सहित अग्रता लिदा १८१ मत सहित बासुदेव पन्तले उनलाई पछ्याइरहेका छन । खेमराज सापकोटाले ८७ र लाहानु चौधरीले ७३ मत पाएका छन ।
महासचिवमा गम्भीर साउँदले अग्रता लिएका छन । उनले २२२ मत पाएका छन । उनलाई २०३ मत सहित गोकुल भट्टले पछ्याइरहेका छन । यस्तै प्रकाश कुँवरले ४९ र अनिल सिंहले ५८ मत पाएका छन ।
कोषाध्यक्षमा दिपेन्द्रराज अवस्थीले अग्रता लिएका छन । उनले २३६ मत पाएका छन । बालकृष्ण ओझाले २०१ मत सहित उनलाई पछ्याइरहेका छन । यस्तै दिपक प्रशाद न्यौपानेले ६० र रामदत्त भट्टले ४५ मत पाएका छन ।
सचिवमा राजन सिजापती अघि छन । उनले १७५ मत पाएका छन । धीरेन्द्र बोगटीले १५९ मत सहित उनलाई पछ्याइरहेका छन । यस्तै दिपक राज भट्टले १५६ मत पाउँदा मनोजराज दमाइले ४३ मत पाएका छन ।
















