अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको बिहान ११ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचन आचारसंहिता विपरीत मत पत्र सदर गरेको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।


अहिले विवाद समाधानका लागि छलफल जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान भएको थियो । ५ सय मतगणना सकिएपछि मतगणना रोकिएको थियो । निर्वाचनमा कुल ९६४ मत खसेको थियो ।


















