धनगढी – कैलालीमा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पीडित पक्षको उजुरीका आधारमा बिहीबार उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार डगौरामाथि १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















