खाेज्नुहाेस

‘बालेनको पुलिस होइन’ भन्ने सुख्खडका डीएसपी जिल्ला तानिए

Image

धनगढी – इलाका प्रहरी कार्यालय सुख्खड, कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा झिकाइएको छ। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई सोधपुछका लागि बोलाइएको हो।

navjiwan hospital

डीएसपी चौधरीले हालै एक सार्वजनिक कार्यक्रममा नेपाल प्रहरी कुनै व्यक्ति, राजनीतिक दल वा सरकारको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने संस्था भएको बताएका थिए।

attariya hospital

सोही क्रममा उनले, “हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल प्रहरी हो। केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो,” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

कार्यक्रममा उनले आफू लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन मेरिटका आधारमा सञ्चालन हुने संस्था भएको बताएका थिए। “म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न। म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ। हामी मेरिटका आधारमा छानिएका प्रहरी हौँ, दारु–भात खाएर आएका होइनौँ,” उनले भनेका थिए।