खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : रमेश भट्टराई नेतृत्वको प्यानल घोषणा

Image

अत्तरिया– अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि रमेश भट्टराई नेतृत्वको प्यालन घोषणा गरिएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टराईले आफू नेतृत्वको प्यानल घोषणा गरेका हुन ।

navjiwan hospital

भट्टराईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा(एलआर), वाणिज्य उपाध्यक्षमा विरेन्द्र बिष्ट, बस्तुगत उपाध्यक्षमा समिर गिरी, महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी र सचिवमा राजन सिँजापति रहेका छन् । त्यस्तै सदस्यहरुमा यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र बि.क रहेका छन् । संघको नयाँ नेतृत्व चयनका लागि यही असार २८ गते निर्वाचन हुन गईरहेको छ । संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् ।

attariya hospital

टिम घोषणाका क्रममा बोल्दै अध्यक्षका उम्मेदवार रमेश भट्टराईले पदको मोहले नभई व्यवसायीहरुको आत्मसम्मान, अधिकार र स्वाभिमानका लागि उम्मेदवार बनेको बताए । उनले व्यवसायीहरुको बिचमा विशूद्ध रहने र व्यवसायीहरुको हक हितका लागि पुर्ण रुपमा संघर्ष गर्ने बताए । उनले आफू एक कार्यकाल सदस्य बन्दा व्यवसायी रोईरहेको अवस्थामा उद्योग वाणिज्य संघ मौन बस्न नमिल्ने र बजार मर्दै जाँदा नेतृत्व दर्शक बन्न नमिल्ने कुरा महसुस गरेको बताए । उनले आफूले महसुस गरेको कुरालाई आत्मसाथ गर्न र व्यवसायीहरुको समस्या समाधानको लागि उद्योग वाणिज्य संघलाई मजबुत बनाउनका लागि नै आफ्नो उम्मेदवारी भएको बताए ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो प्यानलका प्रतिबद्धताहरु समेत सुनाएका थिए । उनले आफ्नो प्रतिबद्धताहरुमा ग्रिन गोदावरी, क्लिन गोदावरी, व्यवसायीको अधिकार र सम्मान रक्षा गर्ने, उद्योग वाणिज्य संघको अतिक्रमित जग्गा भोगाधिकारका लागि पहल गरिने, उद्योग विद्यालय सहकार्यका लागि पहल गरिने, बैंक तथा वित्तिय संस्थासँग नियमित संवाद, डिटिजल अत्तरिया अभियान, हाम्रो बजार हाम्रो गर्व अभियान सञ्चालन गरिने, व्यवसायी परिवार छात्रवृत्ति पहल गरिने, महिला व्यवसायी सशक्तिकरण कोष खडा गरिने लगायतका योजनाहरु समावेश गरेका छन् ।