धनगढी – कैलालीमा प्रहरी हिरासतबाट थुनुवा फरार भएका छन । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा फरार भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार, टीकापुर–१ निवासी ३१ वर्षीय संजय नगार्जी आइतबार राति पानी खाने बहानामा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै हिरासतबाट फरार भएका थिए ।

प्रहरीका अनुसार नगार्जी असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । घटनापछि फरार थुनुवाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।


















