खाेज्नुहाेस

बेलौरी उद्योग वाणिज्य संघको साधारण सभा सुरु, नयाँ कार्यसमिति चयन हुने

Image

बेलौरी – बेलौरी उद्योग बाणिज्य संघको पाचौं वार्षिक साधारण सभा सुरु भएको छ । शनिवार उद्योग वाणिज्य संघको सभाहलमा सभा सुरु भएको हो । 

सभा सुदुरपश्चिम प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुवरले उद्घाटन गरेका थिए । अहिले साधारणसभाको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु भएको छ । 

attariya hospital
navjiwan hospital

यो बन्द सत्रले संघको नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन सर्वसम्मत गर्ने तयारी गरिए पनि पदाधिकारीमा आकाङ्क्षी बढ्दो हुदा चुनाव हुन पनि सक्ने बताइएको छ । यसबारे भने बन्द सत्रमा छलफल भइरहेको छ । 

संघका निवर्तमान अध्यक्ष हिरा सिंह विष्टले सकेसम्म नयाँ नेतृत्व चयन सर्वसम्मत गर्ने बताएका छ्न । 

नयाँ कार्यसमितिको अध्यक्षमा प्रकाश राज पन्तलाई सर्वसम्मत चयन गर्ने तयारी गरिएको छ । त्यस्तै कैलाश सिंह विष्ट, राजेन्द्र चन्द उपाध्यक्षका आकाङ्क्षी देखिएका छ्न । महासचिवमा रामेश्वर न्यौपाने आकाङ्क्षी छ्न ।  अन्य पदाधिकारीमा भने अहिलेसम्म चर्चा चलेको छैन । यद्यपि सर्वसम्मत नहुने स्थिति भए चुनावमा थुप्रै उम्मेदवारहरु देखिने बताइएको छ।