अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालय अब देखि शुक्रवार बन्द हुने भएको छ । संस्थाको बुधवार बसेको बैठकले पुस्तकालय शुक्रवार बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि पुस्तकालय आइतबार बन्द हुने गरेको थियो । यस्तै पुस्तकालय खुल्ने समय पनि बिहान ७ बजे देखि साँझ ६ बजे सम्म कायम गरिएको छ ।

अत्तरियामा २०५७ सालमा स्थापना भएको पुस्तकालय हाल अत्तरियाको पूर्व रोडमा आफ्नै भवनमा सञ्चालनमा रहेको छ ।




















