खाेज्नुहाेस

बाजुराको बडीमालिका छाउपडी गोठ मुक्त घोषणा

Image
file photo

बाजुरा – जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।

navjiwan hospital

छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ । बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाका अनुसार नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएकोे हो ।

godawari nagarpalika dadhelo
attariya hospital

Laxmi sunrise bank
महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरुलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन् ।

Shivam Cement
उनका अनुसार महिनाबारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।