खाेज्नुहाेस

वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर वर्षा भइरहेका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा परेका छन् ।

navjiwan hospital

धनगढीका मुख्य सडक, गल्ली, नाला र होचा बस्तीमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । डुबानका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या देखिएको छ ।  निरन्तर वर्षाका कारण कञ्चनपुरको लालझाडी गाउँपालिका –५ डुबानमा परेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डुबानका कारण विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन् । विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा सार्वजनिक बिदा दिएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ ।