खाेज्नुहाेस

बैतडीमा वडाध्यक्षविरुद्ध वडा सदस्य अनशनमा

Image

बैतडी – बैतडीको मेलौली नगरपालिका–९ का वडा अध्यक्षविरुद्ध वडा सदस्य आमरण अनसनमा बसेका छन ।

नगरपालिकादेखि वडा नं–९ जोड्ने निर्माणाधीन सडकको काममा वडाध्यक्ष लोकराज भट्टलगायतले अवरोध गरेको भन्दै वडा सदस्य जनकराज भट्ट अनसन बसेका हुन् । उनीसँगै पूर्ववडा सदस्य भीमदेब भट्ट पनि अनसनमा बसेका छन ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

सडक डिभिजन कार्यालय पाटनबाट निर्माण भइरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नं ९ को कार्यालय तथा विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकको काममा अवरोध गरेकाले आमरण अनसन बस्नुपरेको पूर्ववडा सदस्य भीमदेब भट्टले बताए । अनसनमा सहभागी दुबैजना मेलौली नगरपालिकाको मूलढोका छेउमै ब्यानर टाँगेर बसेका छन् ।

सोमबार पालिकालाई सडकको समस्याका बारेमा लिखित जानकारी गराएर अनसन सुरु गरेको भट्टले जानकारी दिए । सडक निर्माणमा भएको अवरोध नहट्दासम्म अनसन नतोड्ने उनले बताए ।

वडा अध्यक्ष लोकराज भट्टले सडक चौडा पार्दा पहिरोको जोखिम हुने र बस्ती जोखिममा पर्ने देखिएकाले वन उपभोक्ता समिति र स्थानीयबाट विरोध भएको बताएका छन् ।