खाेज्नुहाेस

कञ्चनपुर र डोटीमा फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया  – अदालतबाट कैद सजाय ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर र डोटी प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

कञ्चनपुरमा जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–६ बालुवाफाँटा निवासी ३८ वर्षीय दीपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो।

attariya hospital

त्यसैगरी, डोटीमा जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएका आदर्श गाउँपालिका–७ जडिमाना निवासी ५६ वर्षीय रणबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको छ।

पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।