बेलौरी – कञ्चनपुरको बेलौरीबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छ्न । विहिवार साझ बेलौरी नगरपालिका १० मैलीबाट ३.१८ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी वरिष्ठ हवल्दार भोज सिंह कार्की सशस्त्र प्रहरी बल नेपाल बिओपी पचुई ,भुडाको सयुक्त टोलीले धनगढी उपमहानगरपालिका १३ राजपुर बस्ने २७ वर्षीय राजेश हमाल राना र सोही ठाउँ बस्ने १७ वर्षिय दिपक रानालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट सु.प.प्र ०१००९ प ९६५१नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रण लिई आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।



















