खाेज्नुहाेस

कृष्णपुरमा बाल भेलाबाट आएका कार्यक्रमको प्रगति समीक्षा 

Image
अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा बाल भेलाबाट आएका कार्यक्रमको प्रगति समीक्षा गरिएको छ । बिहीबार कृष्णपुर नगर स्तरीय बाल सञ्जालले आर्थिक वर्ष २०८१/०८२ मा बाल भेलाबाट आएका कार्यक्रमको समीक्षा गरिएको हो ।
attariya hospital
नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अशोक धामीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझा रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले  कृष्णपुर नगरपालिकाले बालबालिका मार्फत नगरपालिकालाई इम्पावर गर्न खोजेको बताए ।
बालबालिका मार्फत गरेका कार्यक्रम सबै क्षेत्रमा पुग्ने भएकाले नगरपालिकाले बालबालिकालाई प्राथमिकता दिएको बताए । उनले शिक्षा, स्वास्थ्य महिला तथा बालबालिका शाखाबाट कार्यक्रम बालबालिकाका क्षेत्रमा काम भइरहेको बताउँदै नगरपालिकाले छुटै बालबालिका कोष पनि सञ्चालनमा ल्याएको बताए । उनले चालु आगामी आर्थिक वर्षमा बालबालिका कोषमा थप पैसा राख्ने प्रतिबद्धता पनि जनाए । उनले बालबालिकाबाट चालु आर्थिक वर्षमा बालबालिकाका कार्यक्रम सञ्चालनका लागि धेरै योजना आए पनि बजेटको सिमितताका कारण सबै समेट्न नसकिए पनि निराश नहुने गरी बजेट विनियोजन गरिने बताए ।
navjiwan hospital
कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा बाल भेलाबाट आएका कार्यक्रम के कस्ता भए भन्ने बारेमा अध्यक्ष अशोक मल्लले प्रस्तुति राखेका थिए भने एनएनएसडब्लुएका बाल संरक्षण अधिकृत गणेश भुल र बाल सञ्जालका सचिव टेक राज जोशीले सम्पन्न कार्यक्रमको बारेमा थप प्रस्ट पारेका थिए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, वर्ड भिजन पश्चिम नेपाल प्रमुख चेत राज भट्टराई, एनएनएसडब्लुएका परियोजना संयोजक रामेश्वर जैरुले समीक्षा कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।
एनएनएसडब्लुए, वर्ड भिजनको सहयोगमा गरिएको कार्यक्रममा कृष्णपुर नगरपालिकाले सहजिकरण गरेको थियो ।