बेलौरी – बेलौरी नगरपालिका १० मा निर्माण भएको भवनमा कमसल (दोयम ) ईटा प्रयोग भइरहेको पाइएको छ् । बेलौरी नगरपालिका १० सिक्री कुण्डा स्थित निर्माण भइरहेको थनुवा मन्दिरमा दोयम ईटा प्रयोग भइरहेको पाइएको हो ।
यहि असार मसान्तसम्म सक्ने गरी प्रदेश सरकार मार्फत बेलौरी नगरपालिका १० को शिवनगरमा थनुवा मन्दिर निर्माण गर्ने भनिएपनी जमिन नपाउदा योजना सिक्री कुण्डा ल्याइएको थियो । त्यसपछि बजेट फ्रीज जाने डरले हतार हतार भवन निर्माणको काम भइरहेको छ ।


काम छिटो सक्ने दाउमा निर्माण कम्पनीले भवनमा कमसल सामाग्री प्रयोग भएको स्थानीयले आरोप लगाएका छ्न । भवन निर्माण भइरहेको स्थलमा सुचनाबोर्ड समेत नराखिएको हुँदा स्थानीयहरुले आपत्ति जनाएका छन ।
जेठ २७ गते धनगढीको बिएस बिल्डर्सले भवन निर्माणको जिम्मा पाएको योजनाको साइट हेर्ने बेलौरी नगरपालिकाका सव ईन्जिनियर नरेन्द्र चन्दले बताए । उनका अनुसार भवन निर्माणका लागी भ्याट सहित ९ लाख ६२ हजारमा कम्पनी सङ्ग सम्झौता भएको हो ।
चन्दले कमसल समाग्री प्रयोग भएको जानकारी पाएपछि थप काम रोकिएको बताए । उनले त्यहाँको मेटिएरयल प्रयोग नगरी नयाँ ल्याई काम गर्न निर्माण कम्पनीलाई जानकारी गराएको बताए। चन्दका अनुसार ठेकेदारले सुचना बोर्ड छपाउन ढिलो भएकोले नलागेकोले केही दिनमै निर्माण कार्यस्थलमा लाग्ने छ ।


















